• Narayan Gopal

    आँखा छोपी नरोउ भनी • 1 translation

Favorites
Share
Font Size
Original lyrics
1 translation

आँखा छोपी नरोउ भनी lyrics

(आँखा छोपी नरोउ भनि भन्नुपर्‍याछ
मुटुमाथि ढुंगा राखि हाँस्नुपर्‍याछ ) x2
 
(भोली उठी कहाँ जाने केही थाहा छैन
फर्कि आउने हो कि होईन केही थाहा छैन) x2
वाचा छिटै आउछु भनि गर्नुपर्‍याछ
मुटुमाथि ढुंगा राखि हाँस्नुपर्‍याछ
 
(छातीभरि गाँउ-बेशी पखेरीको छाँया
आखाँभरि मेलापात मायालुको माया) x2
आफैलाई छाडी कतै जानुपर्‍याछ
मुटुमाथि ढुंगा राखि हाँस्नुपर्‍याछ
 
(भन्ने कुरा कति थियो छाती भित्रै रह्यो
परेलीका ओठबाट आँशु झरी रह्यो) x2
कुलचिएर आफैलाई हिड्नुपर्‍याछ
मुटुमाथि ढुंगा राखि हाँस्नुपर्‍याछ
 

 

Translations of "आँखा छोपी नरोउ भनी ..."
Idioms from "आँखा छोपी नरोउ भनी"
Comments