• Nepathya

    जून झै शितलु • 1 translation

Favorites
Share
Font Size
Original lyrics
1 translation

जून झै शितलु lyrics

जून झै शितलु...
घाम झै पारिलो...
जहाँ जाउँ तिमी
दाहिने चन्द्रमा परोस्
शान्ति...
दुबो जस्तै फैलिदैं जाउ
पाति जस्तै मल्किदैं जाउ
बर-पिपल झैं मेरो
देउरालीमा छाउन आउ
 
दिन छदैं बादलुले
हिमाललाई छेके के भो
आखिर भोली उजेली त
हुनु छदैं छ
मन बाझ्ने कुराहरु
आपसमा धेरै होलान्
आफ्नै सम्झि
बिर्सि दिनु चुपचाप
आवाज छन्
 
मिर्मिरेमा निस्के जस्तै
दिन भरी कर्म गर्दै
साँझ घर फिर्न पाउँ
तिमी हामी मरेर गए नि
यो देश सधैं रहि रहोस्
 

 

Comments