नाइँ नभन्नू ल (Nai Nabhannu La)

Share
Font Size
Original

नाइँ नभन्नू ल

तिमी मेरो जिन्दगीको प्यारो साथी हौ
मैले पुज्ने देउताभन्दा तिमी माथि छ्यौ
हो, तिमी मेरो जिन्दगीको प्यारो साथी हौ
मैले पुज्ने देउताभन्दा तिमी माथि छ्यौ
जिन्दगीका सुखदुःख सँगै काट्नु छ
जिन्दगीका सुखदुःख सँगै काट्नु छ
नाइँ नभन्नू ल, नाइँ नभन्नू ल
नाइँ नभन्नू ल, नाइँ नभन्नू ल
 
तिमी हाँस्दा मेरो खुसी तिमीसँगै हुन्छ
तिमी रुँदा मेरो आँखा तिमीसँगै रुन्छ
हो, तिमी हाँस्दा मेरो खुसी तिमीसँगै हुन्छ
तिमी रुँदा मेरो आँखा तिमीसँगै रुन्छ
मेरो आशा, भरोसा, मेरो जिन्दगीको लक्ष्य
मेरो आशा, भरोसा, मेरो जिन्दगीको लक्ष्य
तिमीमै रोकिन्छ
नाइँ नभन्नू ल, नाइँ नभन्नू ल
नाइँ नभन्नू ल, नाइँ नभन्नू ल
 
कतै ठेस लाग्दा तिमीलाई सहारा बनूँ म
अप्ठेरोमा हौसला र प्रेरणा बनूँ म
हो, कतै ठेस लाग्दा तिमीलाई सहारा बनूँ म
अप्ठेरोमा हौसला र प्रेरणा बनूँ म
मेरो सुखदुःखको तिमी प्यारो साथी हौ
मेरो सुखदुःखको तिमी प्यारो साथी हौ
यो मन तिमीलाई खोज्छ
नाइँ नभन्नू ल, नाइँ नभन्नू ल
नाइँ नभन्नू ल, नाइँ नभन्नू ल
तिमी मेरो जिन्दगीको प्यारो साथी हौ
मैले पुज्ने देउताभन्दा तिमी माथि छ्यौ
जिन्दगीका सुखदुःख सँगै काट्नु छ
जिन्दगीका सुखदुःख सँगै काट्नु छ
नाइँ नभन्नू ल, नाइँ नभन्नू ल
नाइँ नभन्नू ल, नाइँ नभन्नू ल
नाइँ नभन्नू ल, नाइँ नभन्नू ल
नाइँ नभन्नू ल, नाइँ नभन्नू ल
 
Translation
 
Login or register to post translation
Comments